s

कतारमा दुई नेपाली पुरस्कृत

कतारस्थित नासिर अल अली इन्टरप्राइजेजले आफ्नो कम्पनीमा १० वर्षसम्म काम गरेका नेपाली कामदार नन्दबहादुर विश्वकर्मा र नरबहादुर मगरलाई पुरस्कारस्वरूप जनही १५ हजार रियाल (झन्डै ४ लाख ३५ हजार रुपैयाँ) प्रदान गरेको छ । 
 
कम्पनीका मालिक नासिर अल अलीले लामो समयसम्म सेवा पुर्‍याएकाले पुरस्कृत गरिएको बताए । कम्पनीले हरेक वर्ष आफ्ना कामदारलाई पुरस्कृत गर्दै आएको छ । विश्वकर्माले सन् २००८ देखि उक्त कम्पनीमा मेसनको काम गर्दै आएका छन् । ‘यो रकम मेरा बच्चाहरूको उच्च शिक्षामा खर्चने छु,’ उनले भने ।
 
ओखलढुंगाका मगरले आफ्ना समस्यालाई नजिकबाट बुझ्ने कम्पनी पाएकामा खुसी व्यक्त गरे ।
 
Published on: 10 March 2018 | Kantipur

Back to list

;