s

कतारमा ५ नेपाली युवतीले क्षतिपूर्ति पाए

कतारको एउटा सफाइ -क्लिनिङ) कम्पनीले न्यून सुविधामा चर्को काम लगाएपछि भागेर नेपाली दूतावास पुगेका ५ युवतीले कतारको श्रम विभागबाट मंगलबार क्षतिपूर्ति पाएका छन् । 

श्रम विभागले कम्पनी मालिक -भिसा स्पोन्सर) र प्रबन्धक -मुदिर) लाई विभागमै झिकाएर ती युवतीले पाउनुपर्ने सेवा सुविधाको हिसाब गर्न लगाएको हो । उनीहरूले बाँकी एक महिनाको तलब, बिदाको रकम, उपदान र घर फर्किने टिकट काम गरेको कम्पनीबाट पाउने भएका छन् । कम्पनीले ३ दिनभित्र सबै रकम उपलब्ध गराउने विभागमा लिखित कबुल गरेको मुद्दा लड्न लैजाने नेपाली दूतावासका जनसम्पर्क अधिकृत सुडानी नागरिक इलताज मिघरानी ए जैयदले बताए । 'लेबर डिपार्टमेन्र्ट -श्रम विभाग) ले हक दिलाइदियो, अब कम्पनीले ३ दिनभित्र विभागमै कबुल रकम दिनुपर्ने हुन्छ,' उनले  हक पाउने युवतीहरूमा सिन्धुपाल्चोक बाह्रबीसेकी देउती थापा, पाँचथर लुङरुपाकी गीता राई, झापा बाहुनडाँगी-८ की गोमादेवी मगर, इलाम श्रीअन्तु-६ की रचना राई र नवलपरासी बर्दघाट-४ की पदमकुमारी कुँबर छन् । 'पहिलाका साथीहरूलाई घर जाने बेला कम्पनीले सुविधा नदिएर ठग्यो, हामी मुद्दा लड्ने सोचेर भागेर आएका थियौं,' रचना राईले भनिन्, 'अब लेबर कोटमा वाचा गरेपछि त त्यस -कम्पनी) ले दिन पर्‍यो नि ।'

श्रम सहचारी ध्रुवप्रसाद कोइराला अनुसार सफाइ कम्पनीका लागि आएका ती युवतीलाई सप्लाई कम्पनीले स्कुल सफाइको काम सकेपछि घरको सफाइमा पठाउने गथ्र्यो । अतिरिक्त कामको पारिश्रमिक अत्यन्न न्यून दिने गरेपछि माध्यमिक तहसम्म पढेका २१ देखि ३२ वर्ष उमेरका ती युवती अधिकार दिलाइदिन भन्दै भागेर दूतावास पुगेका थिए ।

Published on: 4 July 2011 | Kantipur

Back to list

;