s

कतारमा ३० हजार आप्रवासीलाई हिरासत

-होम कार्की, दोहा (कतार)
 स्थानीय कानुन उल्लंघन गर्ने ३० हजार आठ सय ७४ जना आप्रवासीलाई कतारले हिरासतमा लिई कारबाही गरेको छ । 
 
आन्तरिक मामिला मन्त्रालयका अनुसार आवासीय कानुन उल्लंघन गर्नेहरूलाई निष्कासन (डिपोर्ट) पनि गरेको हो । मन्त्रालयले डिपोर्ट हुने देशका नागरिकको विवरण भने उल्लेख गरेको छैन । डिपोर्ट हुनेमा सबभन्दा बढी एसियन मूलका कामदार छन् । कतारमा झन्डै १८ लाख आप्रवासी कामदार पुगिसकेको छ । 
 
मन्त्रालयका अनुसार डिपोर्टटेसन सेन्टरमा रही टिकट जुटाउन नसकेका १० हजार ६८ जनालाई टिकट दिई स्वदेश पठाएको छ । कतारले ८ हजार ९ सयजना र कम्पनीलाई कालोसुचीमा राख्नुको साथै कतार आउन नपाउने गरी कारबाही गरिएको जनाएको छ । २ हजार १ सय ४५ जना आफैं मुलुक फिरेका छन् । 
 
मन्त्रालयका अनुसार अपराध घटनामा भने विगतका वर्षहरूका तुलनामा निकै कमी आएको छ । ‘साइबर अपराध’ भने २०१४ को तुलनामा ५२ प्रतिशतले वृद्धि भएको छ । मुख्य अपराधमा भने ४९ प्रतिशत कमी आएको छ । 
 
सार्वजनिक सुरक्षा कार्यालयले उजुरी दिएको आधारमा ५९० पुरुष/महिलालाई पक्राउ गरेको छ । भीख मागेको अभियोगमा समेत पक्राउ गरिएको छ । कतार पछिल्लो पाँच वर्षयता विश्वकै शान्ति क्षेत्रमा पर्ने गरिएको छ । अपराध निकै कम हुने देशमा कतार अगाडि नै देखिएको छ ।
 
Published on: 21 February 2016 | Kantipur
 

Back to list

;