s

कतारमा ३ कामदारको मृत्यु

होम कार्की 

कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् । 

मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ । 

अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ कम्पनीले बनाउदै आएका त्यस भवनमा अन्य कम्पनीका कामदार समेत गरेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय  कामदार रहेका छन् ।  

त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।  

Published on: 18 May 2017 | Kantipur

Back to list

;