s

कतारको बन्दी गृहमा रहेका १७ नेपालीले पाए आम माफी

मुकुन्द गैरे 

काठमाडौं, बैशाख ११ गते । कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाएका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारीको अवस्थालाई मध्यनजर गर्दै आममाफी दिएको घोषणा सार्वजनिक गरेको कतार स्थित नेपाली राजदूतावासले जनाको हो ।

कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिइएको हो । सो आम माफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली पनि रिहाई भएका हुन् ।

रिहाई हुनेमा १३ जना लागू औषध कारोवार जन्य, दुइ जना चोरी, एक जना मादक पदार्थ कारोबार र अर्का एक जना ठगीको कसुरमा सजाय भोगिरहेका थिए ।

Published on: 23 April 2020 | Gorkhapatra

Link

Back to list

;