s

कतारको लागि श्रम स्वीकृति बन्द

काठमाडौं, फागुन २७ गते । कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले नेपाली कामदार कोरोनाका कारण कतारले प्रवेशका रोक लगाए पछि कामदारको श्रम स्वीकृत दिन बन्द गर्ने निर्णय गरेको गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।

कतार सरकारको अर्को निर्णय नआएसम्म तत्कालका लागि श्रम स्वीकृति बन्द हुने महानिर्देशक दहालले स्पष्ट पार्नुभयो । यो एक महिनामा कतार जानको लागि चार हजार जनाले श्रम स्वीकृति लिएको उहाँले जानकारी दिनुभयो ।

Published on: 11 March 2020 | Gorkhapatra

Link

Back to list

;