s

कतारका काम गर्ने ७ नेपालीलाई विश्वकप हेर्न कोकाकोलाको सहयोग

काठमाडौं: कोकाकोलाले कतारमा कार्यरत सात नेपालीलाई विश्वकप फुटबल हेर्ने अवसर प्रदान गर्ने भएको छ । परिवारको सुखीका लागि विदेशिएका नेपालीको सम्मानस्वरुप कोकाकोलाले नेपाली कामदारलाई रंगशालामा बसेर विश्वकप हेर्ने अवसर दिन लागेको हो ।

फुटबल हेर्न रुचाउनेलाई रंगशालामै बसेर प्रत्यक्ष रुपमा विश्वकप हेर्न पाउनु यादगार अवसर हुने भन्दै कोकाकोला कम्पनी प्रति आभार व्यक्त गरेका छन्।

कोकाकोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको र यो वर्ष विश्वकपका लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीलाई केही गर्ने कम्पनीको योजना अनुसार यो काम गरिएको कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए ।

कोकाकोलाले यसअघि दसैं क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारलाई कतार-नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरेको थियो ।

Published on: 12 December 2022 | Annapurna Post

Link

Back to list

;