s

कतारबाट रेमिट्यान्स भित्र्याउन समृद्धि फाइनान्सले सघाउने

वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीले समृद्धि फाइनान्समार्फत सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउन सक्ने भएका छन् । रेमिट्यान्स पठाउने तथा अन्य बैंकिङ कारोबारमा सहजीकरण गर्न फाइनान्सले स्किल्ड आम्र्स फर ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ एन्ड क्लिनिङ सर्भिसेजसँग समझदारी गरेको हो ।

समझदारीअनुसार कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीले समृद्धि फाइनान्समार्फत आफ्नो परिवारको खाता वा सीधै आफ्नै खातामा रेमिट्यान्स पठाई अनेक बैंकिङ सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । वैदेशिक रोजगारीमा रहेका वा जान लागेका नेपालीले समृद्धि फाइनान्समा वैदेशिक रोजगारी खाता खोली नियमित रेमिट्यान्स पठाउन सक्ने र उक्त रेमिट्यान्स प्राप्त गर्ने परिवारले आवश्यकताअनुसार जुनसुकै कर्जा सहज रूपमा सहुलियत दरमा विनाझन्झट लिन सक्ने उल्लेख छ ।

फाइनान्सले हाल देशका मुख्य सहरमा १३ वटा शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । त्यस्तै, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधा प्रदान गरिरहेको जनाइएको छ ।

Published on: 18 December 2023 | Naya Patrika

Link

Back to list

;