s

कतारबाट फर्किएका केहीमा कोरोना आशंका : १४९ यात्रुलाई खरिपाटी क्वारेन्टाइनमा राखियो

भक्तपुर : कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएकालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । 

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर  एक बालिका, छ महिलासहित १४९ जनालाई सिधै खरिपाटीस्थित क्वारेन्टाइमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिएपनि उनीहरुलाई भने सिधै क्वारेन्टाइनमा लगिएको हो । क्वारेन्टाइनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिए ।

published on: 11 July 2020 | Annapurna Post

Link

Back to list

;