s

कतारबाट आज चार बालबालिकासहित १५१ स्वदेश फर्किए

गाेरखापत्र अनलाइन

काठमाडौं, साउन २१ गते । कतारमा कोरोना भाइरसको कारण समस्यामा परी नेपाल फर्कन फारम भरेका १५१ जना नेपाली स्वदेश फर्किएका छन् ।

कतारमा रहेको नेपाली राजदूतावासले दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको को उडानबाट ४ बालबालिका र १८ महिला सहित जम्मा १५१ जना नेपाली नेपाल फर्किएको जानकारी दिएको हो ।

बुधवार दोहाबाट भएको २४औँ उडानबाट स्वदेश फर्किएको दूतावासले बताएको छ । नेपाल प्रस्थान गर्ने बेलामा यात्रा सहजीकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिका कारण तत्काल नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई नेपाल सरकारले विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ ।

Published on: 5 August 2020 | Gorkhapatra

Link

Back to list

;