s

कतारद्वारा ५ हजार नेपालीलाई पुग्‍ने खाद्यान्‍न उपलब्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — कतार सरकारले खाद्यान्‍न संकट भएका ५ हजार नेपाली कामदारलाई पुग्ने खाद्यान्‍न उपलब्ध गराएको छ । यो खाद्यान्नलाई दोहास्थित नेपाली दूतावासमा भण्डार गरिएको छ ।

कतारको आन्तरिक मन्त्रालयले कतार च्यारिटीमार्फत नेपाली समुदायलाई उपलब्ध गराएको हो । खाद्यान्‍न अभाव भई नेपाली दूतावास र नेपाली संघसंस्थामा सम्पर्कमा आउने कामदारलाई वितरण गरिनेछ ।नेपाली दूतावासले खाद्यान्‍न अभाव भएका कामदारलाई एकद्धार प्रणालीअनुसार वितरण गर्न गैरआवासीय नेपाली संघ, कतारको संयोजनमा टोली गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष उत्तम गुरुङको नेतृत्वमा राहत वितरण भइरहेको छ ।

संघका अध्यक्ष मुक्तदा आलामले खाद्यान्न अभावले कोही पनि भोकै पर्नुपर्ने अवस्था नरहेको बताए । एक जनालाई एक काटुनको दरले राहत वितरण गरिनेछ । एउटा काटुनमा दुई किलो चामल, आधा किलो दाल, चिनी, पिठो लगायत रहेको आईसीसी सदस्य रमेश भट्टले बताए ।

Published on: 22 May 2020 | Kantipur

 

Link

Back to list

;