s

कतारबाट नेपाली कामदारहरु जबर्जस्ती निकालिए

काठमाडौं : कतारमा रहेका सयौं नेपाली कामदारलाई त्यहाँका कम्पनीले स्वेच्छाचारी ढंगमा निष्कासन गरिदिएको खुलासा भएको छ । 

उनीहरुलाई कोरोना भाइरसको परीक्षण गर्न भन्दै कतारी अधिकारीहरुले नियन्त्रणमा लिइ निष्कासन गरिएको थियो । एम्नेस्टी इन्टरनेश्नलले यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । जहाँ उक्त संस्थाले केही नेपाली कामदारको अन्तर्वार्ता लिँदा उनीहरुले आफूहरु पक्राउ परेको र हिरासतमा पुगेको बताएका छन् । 

परीक्षणका लागि भनेर लगिए पनि उनीहरुलाई हिरासतमा लगिएको ती कामदारले एम्नेस्टी इन्टरनेश्नलसँग बताएका छन् । कतिपय कामदारलाई त आवासबाटै पक्राउ गरिएको थियो । त्यस क्रममा उनीहरुको साथबाट मोबाइल र कागजात समेत जफत गरिएको उनीहरुले बताएका थिए । साथै फोटो खिचेर औँठाछाप समेत लिन लगाइएको थियो । 

भीडभाडसहित कामदारहरुलाई हिरासतमा थुनिएको पनि बताइएको छ । एम्नेस्टीले २० नेपाली कामदारको अन्तर्वार्ता लिएको थियो । जहाँ उनीहरुले आफूहरुमाथि अमानवीय व्यवहार भएको गुनासो गरेका छन् । 

उनीहरुलाई विभिन्न मितिमा अधिकारीहरुले निष्कासन गरेका थिए । केहीले भने आफूलाई एयरपोर्टमा पुगेपछि मात्रै निष्कासन भएको जानकारी पाएको बताए । यस्तो हुँदा उजुरी समेत दिन नपाएको उनीहरुको भनाइ छ । 

कतारी अधिकारीहरुले भने औधोगिक क्षेत्रमा नेपाली कामदारहरुले ‘गैरकानुनी तथा अनैतिक गतिविधिमा संलग्न’ भएकाले निष्कासन गरिएको प्रतिक्रिया दिएका छन् । तर एम्नेस्टीको रिपोर्ट अनुसार ती कामदारहरुलाई अधिकारीहरुले आपराधिक गतिविधिमा संलग्न भएको कुनै आरोप लगाएको पाइएको छैन ।

Published on: 15 April 2020 | Annapurna Post

Link

Back to list

;