s

कतार प्रवेश गर्दा खोप लगाएका पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १४ गते । नेपालसहित ५ देशका नागरिक कतार यात्रा गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कतारस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणलाई ध्यानमा राखी भारत, नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र फिलिपिन्सबाट कतार जानेले अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने जानकारी दिएको हो ।

यो नियम यही अप्रिल २९ देखि लागु हुने सूचनामा उल्लेख छ । ती देशबाट जाने सबै जनाले १० दिन होटल क्वारेन्टाइन वा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ । यो प्रावधान कतारमा कोरोना भ्याक्सिन लगाइसकेको व्यक्तिको हकमा समेत लागू हुने छ ।

कतार प्रवेश गर्ने सबै यात्रुहरुले अनिवार्य रुपमा तोकिएको स्वास्थ्य केन्द्रबाट कोभिड परीक्षण गरेको ४८ घण्टा अघिको नेगेटिभ साथमा लिएर यात्रा गर्नुपर्नेछ ।

Published on: 28 April 2021 | Gorkhapatra

Link

Back to list

;