s

कतार पुलिसका नाममा ठगिएकाले उजुरी गर्नपाउने

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २२ गते । अवैधानिक रुपमा कतार पुलिसमा पठाइदिने भन्दै मेनपावरबाट भएको अन्र्वार्तामा सहभागी कामदारले सम्बन्धित कार्यालयमा सम्पर्क गर्न वैदेशिक रोजगार विभागले सूचना जारी गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दैै उक्त कामदारले मेनपावर, एजेण्ट वा मेनपावर सम्बन्धित राहदानीले पैसा बुझाएका व्यक्तिलाई एक महिनाभित्र यथेष्ट प्रमाणसहित उजुरी दिन अनुरोध गरेको छ ।
वैदेशिक रोजगार विभाग वा नजिकका श्रम तथा रोजगार कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको इमेलमा उजुरी दिन सकिने विभागले जनाएको छ ।
कतार पुलिसमा पठाइदिने भन्दै विभिन्न वैदेशिक रोजगार कम्पनीले पूर्व श्रम स्वीकृति नलिई कामदारको अन्र्वार्ता लिएको भेटिएको थियो ।
विभागले अनुगमनको क्रममा एस. ओ. एस म्यानपावर सर्भिस, होप इन्टरनेशनल प्रा.लि, र डि.डि ह्यूमन रिर्सोस प्रा.लिमा अन्तर्वार्ता संचालन गरिसकेको र गरिरहेको अवस्थामा कागजात नियन्त्रणमा लिएको थियो ।
उक्त वैदेशिक रोजगार कम्पनीको उजुरीमाथि भइरहेको छानविनको क्रममा वैदेशिक रोजगारीमा कतार प्रहरीमा पठाइदिने भनि राहदानी र रकम लिएको भनि विभिन्न व्यक्तिहरुबाट विभाग समक्ष उजुरी प्राप्त भइरहेको छ । हाल उनीहरुको कारोबार समेत विभागले रोक्का गरेको छ ।
कतार पुलिस पठाउने नाममा अन्तर्वार्ता दिन आउने व्यक्तिबाट मोटो रकम लिएको समेत बताइएको छ ।

Published on: 7 December 2020 | Gorkhapatra

Link

Back to list

;