s

कतारमा कार्यरत एक नेपालीको मृत्यु

चार वर्षदेखि कतारको सनैया–४५ स्थित सुस मार्बल कम्पनीमा कार्यरत बराहक्षेत्र नगरपालिका–२, सुनसरीका विज्ञान बस्नेतको शव सोमबार नेपाल ल्याइएको छ। 

अगस्त २ देखि परिवार र कम्पनीसँग सम्पर्कविहीन २७ वर्षीय बस्नेतको अगस्ट ३ मा दुर्घटनामा मृत्यु भएको हमाद अस्पतालले जनाएको छ।

क्याम्पबाट साथीलाई भेट्न निस्केका बस्नेत त्यसपछि सम्पर्कविहीन थिए। अस्पतालको शव विभागले कम्पनी र नेपाली दूतावासमा सम्पर्क गरेपछि उनको मृत्यु भएको खुलेको थियो।

Published on: 20 August 2018 | Kantipur

Back to list

;