s

पुनर्वासमा जाने भुटानी ६० हजार

अमेरिकामा पुनर्बसोबासमा जाने भुटानी शरणार्थीको संख्या ६० हजार पुगेको छ । अमेरिकी दूतावासद्वारा जारी विज्ञप्ति अनुसार २८ वर्षीय महिला पुनर्वासमा जाने ६० हजारौं शरणार्थी बनेकी छन् । श्रीमान् र छोरीसहितको उनको परिवारले ओहायो राज्यको कोलम्बस सहरमा नयाँ जीवन सुरु गर्दै छ ।

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठनसँगको सहकार्यमा अमेरिकाले पूर्वी नेपालका भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनःस्थापना गर्न सुरु गरेको हो । अस्ट्रेलिया, क्यानडा, नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, न्युजिल्यान्ड, र संयुक्त अधिराज्यले संयुक्तरूपमा यस बाहेक अन्य ११ हजार शरणार्थीलाई पुनःस्थापना गरिसकेका छन् ।

Published on: September 2012 | Kantipur

Back to list

;