s

प्रेम राईका लागि ६९ लाख संकलन

प्रेम बचाऊ अभियानबाट ६९ लाख रुपैयाँ संकलन भएको छ । प्रेम बचाऊ अभियान मूल समितिद्वारा खोलिएको नेपाल इन्भेष्टमेन्ट बैंक धुम्बाराही शाखाको खातामा २५ लाख, कृष्ण कँडेलद्वारा सञ्चालित कार्यक्रम इन्दे्रणी मार्फत ३० लाख, गल्फ कन्ट्री भातृ संगठन जिफण्टमार्फत ९ लाख र प्रेमका दाइ चक्रबहादुर राईको संयोजकत्वमा चलाइएको प्रेम बचाऊ अभियान कुवेतमा ५ लाख रकम संकलन भइसकेको प्रेम बचाऊ अभियान मूल समिति काठमाडौंकी अनिता राईले जानकारी दिएकी छन् ।
 
प्रेमलाई नेपाल फर्किनका लागि ब्लड मनिका लागि झण्डै ९५ लाख रुपैयाँ तिर्नुपर्छ । प्रेमलाई नेपाल फर्काउनका लागि अझै २६ लाख संकलन गर्न बाँकी रहेको समितिकी राईले जानकारी दिइन् । पैसा नतिरी जेलबाट छुट्न नपाउने भएपछि अहिले देश तथा विदेशमा प्रेम बचाऊ अभियान सुरु भएको छ । राई सन् २०१२ जुन १२ मा क्राउन इम्प्लोइमेन्ट प्रा.लि. काठमाडौंबाट साउदी गएका हुन् ।
 
साउदीमा अल सहलावी होल्डिङ कम्पनीको गाडी लहरी चालक रहेका राईले चलाएको गाडी जनदियाको पार्किङमा रोकेर साथी भेट्न गएर फर्किदा गाडी पार्किङमा थिएन । हराएको गाडी साउदीको रोमा भन्ने स्थानमा दुई दिन पछि तोडफोड भएको अवस्थामा भेटिएको थियो । त्यसपछि सिसा फुटेको र सामान हराएको आरोपममा राईलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिइएको थियो । तोकिएको सजाय भुक्तान गरी घर फर्किने तयारीमा रहेका राईलाई कम्पनीले फेरि आफूले दिएको निर्देशन तथा बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै उजुरी गरेपछि अदालतले तीन लाख १० हजार रियाल अर्थात झण्डै ९५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनायो । त्यसयता उनी हिराशतमा रहेका छन् ।
 
Published on: 8 April 2018 | Madhyanha

Back to list

;