s

प्रवासी कामदारलाई बिमा रकम स्वदेश फर्केपछि मात्र

ईपीएसमार्फत रोजगारी गर्न कोरिया आउने प्रवासी कामदारले बिमा रकम स्वदेश फर्केपछि मात्र पाउने भएका छन् । कोरियाली संसदले हालै पारित गरेको नयाँ नियम अनुसार ती कमदारले कोरिया छोडेको १४ दिनभित्र उक्त रकम  पाउने छन् । यसअघि श्रम करार अवधि सकिनु अगावै पाउँदै आएका थिए । कामदारले एक वर्ष काम गरेपछि एक महिनाको तलबभत्ताको अंक जति बिमा रकम पाउने ईपीएस नियममा उल्लेख छ ।

नयाँ नियम आउँदो जुलाई २९ देखि लागू हुने भएको हो । जुलाईअघि कार्य अवधि सकिने कामदारले भने कोरियामै पाउने छन् । बिमा रकम पाउन कामदारले  स्वदेश र्फकनु अगावै वा स्वदेश फर्केर आवेदन गर्न सक्नेछन् । यसअघि कोरिया सरकारले नेपाली  कामदारलाई राष्ट्र बैंकबाट अनुमतिप्रप्त क वर्गको वाणिज्य बैंकमा खाता खोल्न नियम जारी गरेको थियो ।

परिवर्तित नियमअनुसार बिमा रकम लिन तीन वर्षभित्र आवेदन गरिसक्नुपर्नेछ । त्यस अवधिमा आवेदन नदिए उक्त रकम मानव संसाधन विकास -एचआरडी ) लाई हस्तान्तरण्ा गरिने प्रावधान बनाइएको छ । बिमा पाउने अवधिसम्म काम गरी कम्पनी परिवर्तन गरेका मजदुरको हकमा पनि यही नियम लागू हुनेछ ।  यहाँको वैदेशिक रोजगार विभागले कोरियाका मजदुर संगठनहरूलाई नयाँ नियमबारे बुधबार पत्र लेखेर जानकारी गराएको थियो ।

नयाँ नियम प्रवासी मजदुरको हितविपरीत रहेकाले कोरिया मजदुर संघ र प्रवासी मजदुर युनियनले विरोध गरेका छन् । उनीहरूले यो नियम खारेज गर्न अर्को महिना संवैधानिक अदालतमा मुद्दा हाल्ने भएका छन् भने यसको फैसला नभएसम्म नियम लागू नगर्न श्रम मन्त्रालयमा निवेदन गर्ने तयारी गरिरहेका छन् । नयाँ नियम लागू भए धेरै प्रवासी मजदुर बिमा  पाउनबाट वञ्चित हुने प्रवासी मजदुर युनियमका अध्यक्ष उदय राई बताउँछन् । केही कम्पनीले सहज रूपमा बिमा नदिएको उदाहरण्ा प्रशस्त रहेको बताउँदै राईले नयाँ नियमको  सशक्त विरोध गर्नुपर्ने जनाए ।

Published on: 25 March 2014 | Kantipur

 

Back to list

;