s

प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव

नेपालले जापानमा कामदार पठाउँदा प्रतिस्पर्धाको माध्यमबाटमात्र पठाउने प्रस्ताव गरेको छ। रोजगारीका सम्बन्धमा छलफल गर्न आएको जापानको प्राविधिक टोलीसँगको वार्तामा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरेरमात्र पठाउन सकिने प्रस्ताव गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

बैदेशिक रोजगारीको लागि नेपालबाट श्रमिकहरु जापान लैजाने सम्बन्धमा मंगलबार नेपाली र जापानी प्रतिनिधि मण्डलको औपचारिक छलफल भएको थियो।

नेपाली कामदार जापन जाने सम्बन्धमा औपचारिक सहमति भने भएको छैन।

छलफलको क्रममा जापानको अध्यागमन सम्बन्धी संशोधित कानूनी ब्यवस्था अनुसार विदेशी श्रमिकको ब्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानूनी प्रावधान जापानी पक्षवाट जानकारी गराइएको र नेपालले आफ्ना कानूनी व्यवस्था राखेको मन्त्तालयले जानकारी दिएको छ।

‘ब्यवस्थित, सुरक्षित र मर्यादित रुपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रबद्र्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विविध आयाममा छलफल भयो’मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

रोजागरीका सम्बन्धमा थप अध्ययन गरी फेरि छलफल गर्नेगरी वार्ता टुंगिएको मन्त्रालयले जानकारी दिएको छ।

Published On: 17 January 2019 | Setopati

Back to list

;