s

प्रम रोजगार कार्यक्रम : पाणिनीमा १३५ लाई रोजगारी

प्रेमनारायण आचार्य

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट एक सय ३५ जनाले रोजगारी पाएका छन् । २८ सय जनाले रोजगारका लागी फारम भरेको र १३५ जनालाई ३० दिन काम गर्ने गरी रोजगारी प्रदान गरिएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामजी घिमिरेले सरकार देशको विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताए। २००७ साल देखि स्थिर सरकार नभएको देशमा तीनै तहका स्थायी सरकार भएकाले देशको विकास निर्माणमा हातेमालो गरेर अगाडि बढेको बताए। उनले राम्रोसँग काम गर्न रोजगारदातालाई आग्रह समेत गरे।
 
गाउँपालिका अध्यक्ष अच्युत गौतमले कुरा भन्दा काम गर्ने बानीको विकास गर्न आग्रह गरे। कार्यक्रम प्रभावकारी देखिए गाउँपालिकाले पनि ध्यान दिने बताए। २८ सय जनाले रोजगारका लागी फार्म भरेको र १ सय ३५ जनालाई ३० दिन काम गर्ने गरी रोजगारी प्रदान गरिएको अध्यक्ष गौतमले बताए। गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले विदेशिएका युवाहरू पनि स्वदेश फर्किनुपर्ने बताइन्। उनले स्वदेशमै काम गर्न आग्रह समेत गरिन्। प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले बाटा खन्ने, कुला बनाउने काम रोजगारदाताले गर्ने बताए। उनले आ–आफनै वडामा काम गर्नुपर्ने रोजगारदातालाई बताए।
 
Published on: 16 June 2019 | Annapurna Post

Back to list

;