s

प्रगति विवरण सुनाउँदै प्रधानमन्त्रीले भने-रोजगारीका अवसर बढ्दा बाहिरिने श्रमशक्ति घट्दैछन्

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् ।

१ सय  ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको जानकारी पनि ओलीले दिएका छन् । 

पुनर्निर्माण सामर्थ्यको प्रतीक बनेर धरहरा, रानीपोखरी र दरबार हाइस्कूल राजधानीको मुटुमा स्थापित भएको पनि उनले उल्लेख गरेकान छन् ।

भव्य रूपमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको त्रिदेशीय फुटबल, क्रिकेटहरूमा पनि नेपालको प्रदर्शन उदाहरणीय रहेको प्रधानमन्त्रीको भनाइ छ ।

उनले चीरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौंबासीका पानीको तिर्खा मेटिएका बताएका छन् । छिट्टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको उनले प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रतिव्यक्ति आय औसतमा २५ प्रतिशतले बढेको भन्दै प्रधानामन्त्री ओलीले पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको भन्दै व्यापार घाटा घट्दो क्रममा रहेको उल्लेख गरेका छन् ।

Published on: 29 May 2021 | Onlinekhabar

Link

Back to list

;