s

प्रधानमन्त्रीद्वारा युनिलिभरको हडताल तोड्न निर्देशन

प्रधानमन्त्री बाबुराम भट्टराईले मजदुर आन्दोलनले बन्द रहेको युनिलिभर लिमिटेडको हडताल तोडेर वार्ता सुरु गर्न दुवै पक्ष्ालाई निर्देशन दिएका छन् ।

लगानी वर्षको सुरुवातमै बहुराष्ट्रिय कम्पनी युनिलिभिर मजदुर आन्दोलनका कारण ११ दिनदेखि बन्द भएपछि चासो दिएर प्रधानमन्त्री भट्टराईले हेरेका हुन् । उनले उद्याेग व्यवस्थापक, मकवानपुर उद्याेग वाणिज्य संंघका अध्यक्ष्ा, सभासद र महासंघका पूर्वअध्यक्ष्ाहरूलाई मंगलबार आपmनै कार्यालयमा बोलाएर उद्याेग सञ्चालनसँगै वार्ता गर्न निर्देशन दिएका थिए ।

सभासद प्रह्लाद लामिछानेका अनुसार प्रधानमन्त्रीले उद्याेग बन्द भएको विषयलाई चासो लिएर उद्याेग व्यवस्थ्ाापक, नेपाली लगानीकर्ता र उद्याेग वाणिज्य महासंघका पूर्वअध्यक्ष्ा चण्डी ढकाल र रविभक्त श्रेष्ठलाई बोलाएर उद्याेगको समस्याबारे छलफल गरेको बताए । प्रधानमन्त्रीलाई उद्धृत गर्दै सभासद लामिछानेले भने, 'प्रधानमन्त्रीले उद्याेगको हडताल तोड्न र वार्ता गर्न निर्देशन दिनुभएको छ ।' प्रधानमन्त्रीसमक्ष्ा उद्याेग व्यवस्थापकले मजदुरले हडताल नतोडेसम्म वार्ता नगर्ने अडान लिएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

यसैगरी मकवानपुरका क्रियाशील राजनीतिक दलहरूको मंगलबार वसेको सर्वदलीय बैठकले युनिलिभरको हडताल तोड्ने र वार्ता सँगसँगै गर्न आन्दोलनकारी मजदुर र उद्याेग व्यवस्थ्ाापनसँग आग्रह गरेको छ । वार्ताको मध्यस्थता गर्न मकवानपुर उद्याेग वाणिज्य संघ र उद्याेग संघलाइ अनुरोध गरेका छ ।

मजदुर आन्दोलनका कारण उद्याेग बन्द भएपछि मकवानपुर बसामाडी स्थित युनिलिभरले आफ्नो उत्पादन बन्द -लक आउट) गर्न श्रम विभाग र श्रम मन्त्रालयमा निवेदन दिएको छ । मजदुरको जारी आन्दोलनलाई अति महत्त्वाकांक्ष्ाी, अनुचित र असान्दर्भिक भन्दै ती मागहरूल्ााई उद्याेगले पूरा गर्न नसक्ने भएकाले उद्याेग बन्द गर्न निवेदन दिएको नेपाली लगानीकतर्ा रविभक्त श्रेष्ठले बताए । 'उद्याेग सदाको निम्ति बन्द गर्न स्वीकृतिका निम्ति मन्त्रालय र विभागमा निवेदन दिएका हौं,' उनले भने ।

मजदुरहरूले हडताल तोडेर उद्याेग सञ्चालन नगरेसम्म वार्ता नगर्ने अडानमा उद्याेग व्यवस्थापन रहेको छ । मजदुर भने माग पूरा नभएसम्म हडताल नतोडने अडान लिँदै आएका छन् । दुवै आआफ्नो अडानमा रहेकाले वार्ता हुन सकेको छैन । मजदुरहरू ६ सूत्रीय माग राखेर माघ २२ गतेदेखि उद्याेग बन्द गरेर आन्दोलनमा उत्रेका हुन् । वार्ता गराउन यहाँका सरोकारवाला सस्थाहरूले दुवै पक्ष्ालाई दबाब दिइरहेका छन् ।  उद्याेग एक दिन बन्द हुँदा ४० लाख रुपैयाँ घाटा बेहोर्नुपर्ने व्यवस्थापनको दाबी छ  ।

मकवानपुरको बसामाडी गाविसस्थित युनिलिभिर लिमिटेडका मजदुरहरू विद्यमान तलब भत्तामा ५० प्रतिशतका दरले वृद्धि गर्नुपर्ने, प्रतिव्यक्ति निब्र्याजी १० लाख घर कर्जा दिनुपर्ने र घर मर्मत बापत वाषिर्क १ लाख रुपैयाँ प्रतिव्यक्ति दिनुपर्ने लगायत ६ सूत्रीय माग राखेर आन्दोलनमा उत्रेका हुन् । मजदुरहरूले आफ्ना मागहरू पूरा नगरेसम्म उद्योग ठप्प पार्ने र उद्याेग सुचारु नभएसम्म वार्ता नगर्ने उद्योग व्यवस्थ्पनको आ-आफ्ना अडानका कारण वार्ता हुन सकेको छैन ।

Published on: 15 February 2012 | Kantipur

Back to list

;