s

प्रधानमन्त्री ओलीद्वारा कतारमा रहेका नेपाली नागरिकप्रति चासो व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपाली नागरिकहरु प्रति बिहीबार त्यहाँका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलजिज अल थानीसँग टेलिफोन संवाद गरी चासो व्यक्त गरेका छन् । 

कतारमा अहिले ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त संवादमा प्रधानमन्त्री ओलीले कतारका प्रधानमन्त्री थानीसँग कोरोना भाइरसको संकटको बेलामा त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेका थिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्‍न अरोपमा गिरफ्तार भएका १७ नेपालीको रिहाईप्रति पनि खुशी व्यक्त गर्दै धन्यवाद दिए । कतारका प्रधानमन्त्री थानीले त्यहाँ रहेका नेपालीको बारेको सुरक्षाको बारेमा चिन्ता नदिन ओलीलाई आश्वत पारेका थिए ।

Published on: 23 April 2020 | Kantipur

Link

Back to list

;