s

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सरकारले लियो १३ अर्ब ६२ करोड ऋण

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सरकारले विश्व बैंकसँग ऋण लिने भएको छ। सरकारले युवा रोजगारी प्रवद्धर्न गर्ने उद्देश्यले रुपान्तरण पहल परियोजनाका लागि १३ अर्ब ६२ करोड रुपैयाँ अर्थात् १ सय २० मिलियन अमेरिकी डलर ऋण लिने भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण दुई काममा खर्च हुने सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुषालले बताए ।

‘रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्न यो ऋण प्रयोग गरिन्छ’ उनले भने, ‘यसले ७ सय ५३ वटै स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न खर्च हुनेछ।’

उनकाअनुसार प्रधानमन्त्री कार्यक्रममा सुचिकृत भएका वेरोजगार युवालाई एक सय दिन काम गरेको तलव पनि यसै ऋणबाट दिइने छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निमार्णका लागि पनि यो पैसा खर्च हुने उनले बताए।

सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको थियो।

भुषालकाअनुसार सरकारले लिएको सहुलियत पूर्ण ऋणको व्याजदर १ प्रतिशत हुनेछ ।

Published on: 8 November 2019 | Setopati

Link

Back to list

;