s

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकले दियो १३ अर्ब ऋण

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकले नेपाललाई १३ अर्ब सहुलियत ऋण दिएको छ।नेपाल सरकार र विश्व बैंकबीच आज अर्थमन्त्रालयमा ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’को लागि १३ अर्ब ६३ करोड ऋण सम्झौतामा हस्ताक्षर भएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण दुई काममा खर्च हुने सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव लोकनाथ भुषालले बताए।

‘रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्न यो ऋण प्रयोग गरिन्छ’ उनले भने, ‘यसले ७ सय ५३ वटै स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न खर्च हुनेछ।’

उनकाअनुसार प्रधानमन्त्री कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवालाई एक सय दिन काम गरेको तलब पनि यसै ऋणबाट दिइने छ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निमार्णका लागि पनि यो पैसा खर्च हुने उनले बताए।

सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको थियो।भुषालकाअनुसार सरकारले लिएको सहुलियत पूर्ण ऋणको व्याजदर १ प्रतिशत हुनेछ ।त्यस्तै विश्व बैंकले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ को लागि नेपाललाई २ अर्ब ७४ करोड १३ लाख सहयोग गरेको छ।

Published on: 28 November 2019 | Setopati

Link

Back to list

;