s
काठमाडौँ — प्रधानमन्त्री रोजगार कार्यक्रम सूचीकृत बेरोजगारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने भनिएपनि औसतमा ४८ दिनको रोजगारी प्राप्त भएको देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा हालसम्म १८ अर्ब ७३ करोड ४ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
हालसम्म ७ लाख १२ हजार ६५८ जना कार्यक्रममा सहभागी भई औसतमा ४८ दिनको रोजगारी पाएको महालेखाले जनाएको छ । सरकारले देशभित्र रोजगारीका पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको उच्चतम् उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्देश्यले सघं, प्रदेश र स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
Published on: 27 May 2024 | Kantipur
GET IN TOUCH