s

प्रवासी नेपालीद्वारा राहत प्रदान

वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका गणेश गैरेको परिवारलाई प्रवासी नेपालीले राहत रकम उपलब्ध गराएका छन् । पाल्पा चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको परिवारलाई कतारमा बस्दै प्रवासी नेपालीले सङ्कलन गरी पठाएको रु एक लाख ७८ हजार हस्तान्तरण गरिएको स्थानीयवासी कमलप्रसाद अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका गैरेको गत कात्तिक २ गते निधन भएको थियो । शव ल्याउन कम्पनीले सहयोग नगरेपछि दुई महीनापछि मात्र गैरेको शव नेपाल ल्याइएको थियो । उनको श्रीमती, दुई छोरी र एक छोरा बिचल्लीमा परेपछि प्रवासी नेपालीले रकम सङ्कलन थालेका हुन् ।
 
विदेशीको सहयोगमा भवन र पुस्तकालय
 
पाल्पाको पूर्वखोला गाँउपालिका–१ सिलुवामा विदेशी नागरिकको सहयोगमा सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको छ । जापानी नागरिक सुजुकी रेइकोको आर्थिक सहयोगमा सिलुवा बजारमा ज्ञानज्योति सामुदायिक भवन तथा पुस्तकालय स्थापना गरिएको हो ।
 
Published on: 8 January 2019 । Gorkhapatra
 
 

Back to list

;