s

पोर्चुगलमा नेपाली दूतावास स्थापना हुने, सनिल नेपाल राजदूतमा सिफारिस

काठमाडौँ — सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा त्यहाँ रहेका नेपालीहरूको मागबमोजिम राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको छ । बैठकले पोर्चुगलमा नेपाल राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । पोर्चुगलमा हाल २० हजारभन्दा धेरै नेपालीहरू बसोबास गरिरहेका छन् । उनीहरूले लामो समयदेखि अलग्गै दूतावास कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए ।

Published on: 10 November 2023 | Kantipur

Link

Back to list

;