s

पोर्चुगलको कृषि कम्पनीमा जागिर लगाइने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ

काठमाडौं : वैदिशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ४ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपाने रहेको प्रहरीले जनाएको छ।

न्यौपाने पीडित निरज धमलासहित ७ जनाबाट १२ लाख रकम लिइ फरार रहेका थिए। आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा पौडेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको माछापोखरीबाट नियन्त्रणमा लिएको हो।

उनले वैदेशिक रोजगारीका लागि पोर्चुअल पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी उनीहरूबाट सो रकम लिइ फरार रहेको प्रहरीले अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका न्यौपानेलाई अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग चाहाचल पठाइएको छ।

Published on: 29 January 2024 | Annapurna Post

Link

Back to list

;