s

पोर्चुगल र क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ

वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पाँचपोखरी गाउँपालिका–२ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मिङमार लामा र मध्य नेपाल नगरपालिका–५ लमजुङ घर भई हाल बौद्ध बस्ने ३६ वर्षकै प्रकाश वंशी ठकुरी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका लामाविरुद्ध आमान बोम्जन नामका व्यक्तिले आफूलाई क्रोएसिया पठाइदिन्छु भन्दै तीनलाख लिएर ठगी गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ।

यस्तै ठकुरीले पोर्चुगल पठाइदिने भन्दै विशाल चौहानसमेत तीन जनासँग ११ लाख २७ हजार रकम लिएर ठगी गरेको उजुरी छ।

दुवै जनालाई पक्राउ गरेर कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

Published on: 28 March 2024 | Nagarik

Link

Back to list

;