s

पोल्याण्ड पठाइदिने बहानामा रकम ठगी गर्ने युवती पक्राउ

काठमाडौं : पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना युवती प्रहरी फन्दामा परेकी छन्। पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरापलका -५ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका-८ जरंखु बस्ने पूजा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पीडित कला पुनलाई वैदशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने बहानामा २ लाख ५० हजार रुपैयाँ लिएर फरार भएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा श्रेष्ठलाई सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेकी श्रेष्ठले पोल्याण्ड जान ८ लाख ५० हजार रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र महिनाको १ लाख १५ हजार तलब हुने भन्दै प्रलोभनमा पारेर पुनबाट पटकपटक गरी २ लाख १५ हजार लिइ फरार रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाएको प्रहरीले जनाएको छ।

Published on: 10 January 2024 | Annapurna Post

Link

Back to list

;