s

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापका थापा पक्राउ

काठमाडौं : रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २६ वर्षीय गोविन्द थापा सोमबार पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्दै आएका थापाले इन्द्रकुमार खवासलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु तीन लाख ७० हजार रुपियाँ लिई फरार भएछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले भने, ‘गोविन्द थापाले ईन्द्र कुमार खवासलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु, त्यसको लागि ८ लाख रुपैयाँ लाग्छ, पोल्याण्ड पुगेपछि, प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी ३ लाख सत्तरी हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज गोविन्द थापाको खोजतलास गर्ने क्रममा सोमबार दिँउसो पुतलीसडकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ।’

Published on: 7 March 2024 | Annapurna Post

Link

Back to list

;