s

पेशागत तालिमका लागि एक वर्षे छात्रवृत्ति, आवेदन खुल्ला छ

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले पाँच वटा विधामा एक वर्षे पेशागत तालिमका लागि छात्रवृत्ति दिने भएको छ । 
 
बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरी मोटरसाइकल मेकानिक्स, प्लम्बर, वेल्डर, कुक र आल्मुनियम कार्पेन्टर गरी पाँच विधामा छात्रवृत्ति दिन लागेको हो । आर्थिक वर्ष २०७४/७५ मा दुई सय जनाले छात्रवृत्ति पाउने छन् । प्रत्येक विधामा ४० जनाले छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ । 
 
वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका वा अंगभंग तथा गम्भीर विरामी भई बोर्डबाट शतप्रतिशत आर्थिक सहायता पाएका कामदारको परिवारका सदस्यलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । योग्य तथा इच्छुकले बोर्डको सचिवालय नयाँ बानेश्वर काठमाडौंमा वा वेभसाइट http://fepb.gov.np/training/ मा गई आवेदन फाराम निःशुल्क भर्न सक्नेछन् । 
 
Published on: 15 March 2018 | Ujyaaloonline

Back to list

;