s

पेनाङ र जोहरवारुमा जनचेतना कार्यक्रम

नेपाली दूतावास मलेसियाले नेपाली कामदारको बाक्लो उपस्थिति रहेका मलेसियाका दुई ठूला शहरमा श्रमिक जनचेतना कार्यक्रम गरेको छ । माघ महिनामा पेनाङमा श्रमिक जनचेतना कार्यक्रम गरेको दूतावासले गत आइतबार सिमावर्ती शहर जोहरबारुमा कार्यक्रम गरेको थियो ।
 
कार्यक्रममा दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा कम्पनीबाट प्राप्त हुने सेवा, सुविधा, मलेसियाली ऐन, कानून धर्म संस्कृतिबारे जानकारी गराएको थियो । कार्यबहाक राजदूत कुमारराज खरेल, द्वितीय सचिवहरु प्रेमराज गौतम, विनोद मुखिया, महेश्वरमणि त्रिपाठी श्रम काउन्सिलर बद्रीबहादुर कार्की लगायतले ती विषयहरुमा जानकारी गराएका थिए ।
 
उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालय लगायत नेपालका सरकारी निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्रमिकले ख्याल राख्नुपर्ने श्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाली कामदारले उद्धार, क्षतिपूर्ति तथा श्रमिकको अकालमा हुने मृत्युको कारण र अपनाउनुपर्ने सावधानीबारे सरकारी अधिकारीसँग जिज्ञासा राखेका थिए ।
 
वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको एक मलेसियामा चालू आर्थिक वर्षको ६ महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको सार्वजनिक भएको छ । उनीहरु २२ देखि ४० वर्ष उमेर समूहका युवा छन् ।
 
कार्यक्रममा नेपाली कामदारहरुले दूतावासको कन्सुलर सेवा लगायत अन्य सेवाहरु, सरोकारवाला विभिन्न निकायबाट प्रदान गरिने सेवा, मलेसियामा रहँदा भइपरी आउनसक्ने समस्या तथा तिनका समाधानका उपाय, स्वास्थ्य सम्बनधी अपनाउनुपर्ने सावधानी बारे चासो राखेको बताइएको छ । द्वितीय सचिवहरु पासपोर्ट र ट्राभल्स हेर्ने एक, प्रशासन हेर्ने एक, जेल र डिटेन्सन सेन्टर हेर्ने एक हुने गरेका छन् ।
 
Published on: 22 February 2018 | Madhyanha

Back to list

;