s

पत्नी बेच्नेलाई २० वर्ष कैद

पत्नीलाई भारतीय कोठीमा बिक्री गरेको ठहर गर्दै जिल्ला अदालतले उनका पतिलाई २० वर्ष कैद फैसला गरेको छ । साथै पीडकलाई २ लाख जरिवाना फैसला गरेको छ । अदालतले पीडितलाई पीडकबाट ३ लाख क्ष्ातिपूर्तिस्वरूप उपलब्ध गराउन आदेश गरेको छ । उक्त रकम सरकारले पुनःस्थापना कोषबाट तत्काल पीडितलाई उपलब्ध गराउन आदेश गरेको छ । पीडितलाई उपलब्ध गराएको रकम सरकारलाई पीडकबाट असुल्न आदेश गरेको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको मंगलबारको इजलासले टिस्टुङ ८ का ५३ वषर्ीय मानबहादुर थोकरलाई २२ वर्ष अघि पत्नी बिक्री गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । टिस्टुङ २ की एक युवतीलाई विभिन्न प्रलोभनमा २०४८ सालमा विवाह गरेर जिल्लाको पदमपोखरी हुँदै भारतको कोठीमा लगेर २ लाखमा बिक्री गरेका थिए । नुवाकोट, रानीपौवामा विवाह गरेर माइती बसेकी २० वषर्ीया युवतीलाई थोकरले विवाह गरेर पदमपोखरीस्थित मितिनी दिदीको घरमा राखेका थिए । मितिनी दिदी र भिनाजुले हेटौंडा बजार ल्याएर मिरिन्डा सेवन गराएर लठ्ठयाएका थिए । उनलाई लठ्ठ पारेर भारतको कोठीमा पुर्‍याएर बिक्री गरेका थिए । उनलाई बिक्री गर्दा दिदी हरिमाया, भिनाजु हर्कलाल र मानबहादुर साथमा थिए । उनीहरूले २ लाखमा युवती बिक्री गरेर मुलुक फर्केका थिए । १५ वर्षसम्म युवतीले कोठीमा नारकीय जीवन बिताइन् । भारत गुजरातका एक ग्राहकको सहयोगमा उनी २०६३ सालमा उम्कन सफल भएकी थिइन् । ५ वर्षसम्म ग्राहकको घरमा बसिन् । २०६८ साल मंसिरमा त्यही ग्राहकको सहयोगमा उनी र्फकन सफल भइन् ।

Published on: 22 May 2013 | Kantipur

Back to list

;