s

पश्चिम नवलपरासीमा वैदेशिक रोजगारीमा ठगी सम्बन्धी ९७६ उजुरी

नवलपरासीमा वैदेशिक रोजगारीमा पठाउने बाहनामा ठगी गरेको भन्दै उजुरी गर्ने क्रम अत्यधिक बढेको छ ।
 
पश्चिम नवलपरासीमा पछिल्लो ४ वर्षमा आधिकारिक रुपमा परेको उजुरीलाई मात्र हेर्ने हो भने पनि ९७६ जनाले आफूहरु वैदेशिक रोगजारीमा जाने क्रममा ठगिएको भन्दै उजुरी गरेका छन् ।
 
वैदेशिक रोजगारीमा जानेलाई सीप सिकेर मात्र जान प्रोत्साहन गर्न र वैदेशिक रोजगारीमा ठगिएकाहरुको पक्षमा वकालत गर्न खोलिएको सुरक्षित आप्रवासन परियोजना अन्तरगत सूचना तथा परामर्श केन्द्र पश्चिम नवलपरासीमा परेको उजुरीका तथ्यांक अनुसार पश्चिम नवलपरासीमा मात्रै पछिल्लो ४ वर्षमा झण्डै एक हजार जना ठगिएको घटना बाहिर आएको छ ।
 
ठगिनेहरु अधिकांश आफ्नै आफन्त नातागोता, चिनेजानेको तथा छिमेकीबाट ठगिने गरेको पाइएको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक उमा पौड्यालले बताए ।
 
नवलपरासीमा कावासोतीमा पूर्वी नवलपरासी र पञ्चनगरमा पश्चिम नवलपरासीलाई लक्षित गरी दुई स्थानमा परियोजनामा सञ्चालनमा रहेको छ ।
 
पौडेलको अनुसार पैसा लिएर नपठाउने, सम्झौता अनुसारको काममा नपठाउने, काम सोही परेपनि सम्झौता अनुसारको तलब नदिने र पि|m भिसा, फ्रि टिकट भएको देशमा पनि एक डेढ लाख रुपैयाँ लिएर ठग्ने क्रम धेरै देखिएको छ ।
 
देशमा प्रयाप्त रोजगारको सिर्जना नहुँदा वा पारिश्रमिक भने जस्तो नहुँदा वैदेशिक रोजगारमा जानेको युवाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
 
इन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगर र हेल्वेटासको साझेदारिमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तरगत सूचना तथा परामर्श केन्द्रमा परेका निवेदनको तथ्याङ्गक हेर्दा पश्चिम नवलपरासीको मार्च २०१४ देखि २०१८, १५ मेसम्म ४ वर्षको तथ्याङ्कमा ९७६ वटा ठगीको उजुरी दर्ता भएको हो ।
 
जसमा सबै भन्दा बढी मलेसियामा २८३, साउदीमा १६७ , कतारमा १४९, यूएईमा ६४, कुबेतमा ३८, आमनमा २, बहराईनमा ३, नेपालमा २६० र अन्यमा ठगीएको १० वटा उजुरी रहेका छन् ।
 
प्रकृतिगत विबरणमा नेपालमै ठगी ३०७, विदेशमा काम, तलब लगायतको समस्या सम्बन्धी ३७२, मृत्यु ६३, बिरामी, दुर्घटना, घाईते, अंगभंग ५६, जेल केश ४५, मेडिकल पास भएर गएपनि सम्बन्धी देशमा फेल हुने ४९ र सम्पर्क विहीन र उद्धार सम्बन्धी ८४ रहेको छ ।
 
पश्चिम नवलपरासी जातिगत रुपमा हेर्दा मधेसी समुदायको बाहुल्यता भएको हुनाले ठगि हुने क्रम पनि सोही अनुरुप तथ्याङ्कले देखाएको छ ।
 
इन्द्रेणी सामाजिक विकास मन्च बर्दघाट ९ पंचनगरका कार्यकारी निर्देशक बद्रि सुवेदीका अनुसार ठगिएको उजुरी आउने गरेपनि ठगिएको प्रमाण कम हुने, उजुरी परिसकेपछि प्रमाण जुटाउन गाह्रो हुनु, वैदेशिक रोजगारीमा ठग्नेलाई कारवाहीको दायरामा ल्याउने कानून भनेजस्तो नहुनु, एजेन्टहरु ठगेपछि सम्पर्कमा ल्याउनै मुस्किल हुनु जस्ताले ठगिएकालाई न्याय दिलाउन कठिन हुने गरेको छ ।
 
बैदेशिक रोजगारिको लागि भनि प्रलोभनमा परी अबैधानिक तरिका अपनाइ भएका ठगीका ७३ बटा केशमा १२ बडा केश समाधान गर्न सफल भएपनि अन्य केश अझै समाधानकै प्रक्रियामा रहेका सुवेदीले बताए ।
 
समाधान भएका ७३ वटा केशबाट जसमा १ करोड ९८ लाख २९ हजार मा ३१ लाख ७० हजार रकम फिर्ता गरी पीडितलाई दिलाइएको उनले बताए ।
 
बैभन्दा बढी यूएईमा ३० जनाको ६४ लाख ५७ हजार रकम ठगी भएकोमा २२ लाख २० हजार रकम फिर्ता भएको छ ।
 
त्यसैगरी टर्किमा ५ जनाको ३१ लाख रकम ठगी भएको छ । अमेरिकामा ४ जनाको १० लाख रकम ठगी भएको छ भने ६ लाख फिर्ता भएको छ ४ बटा केश समाधान भएको छ ।
 
जोर्डन पठाउने भन्दै ५ जनाको १० लाख, क्यानाडा पठाउँछु भनेर १ जना को ७ लाख ५० हजार, इराक पठाउँछु भनेर ४ जनाको ८ लाख, युरोपमा १ जनाको १ लाख ५२ हजार रकम ठगी भएको उजुरी परेको छ ।
 
त्यस्तै जर्मन, इजरायल, लिभिया, मकाउ, माल्दिप्स, पोल्याण्ड, सिंगापुर, साइप्रस, थाइल्याण्ड लगायतको देशमा पठाउने वाहानामा पनि ठगिने गरेको उजुरी आएको उनले बताए ।
 
Published on: 17 May 2018 | Onlinekhabar

Back to list

;