s

पर्यटक भिसा सेटिङको छानबिन सुरु

पर्यटक भिसाको सेटिङमा संलग्न भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले दुई अधिकृतमाथि छानबिन गर्न जिम्मेवारीमुक्त गरेको छ ।

गत बिहीबार कान्तिपुरमा ‘पर्यटक भिसाको सेटिङ’ शीर्षकमा दुबई लगायतका खाडी देशमा काम खोजिदिने आश्वासन दिँदै नेपालीलाई पठाउने गिरोहमा अध्यागमन अधिकृतहरूको संलग्नता रहेको समाचार प्रकाशित भएको थियो ।

विमानस्थलस्थित अध्यागमन प्रमुख राजेश पौडेलका अनुसार समाचार छापिएलगत्तै त्यसमा उल्लेखित तथ्य, सेटिङमा पर्यटक भिसामा प्रस्थान अनुमति दिने अध्यागमन अधिकृत तथा अनुमति दिनाको कारणबारे बुझ्न समिति गठन गरिएको छ ।

Published On: 22 September 2018 | Kantipur

Back to list

;