s

परिवारको नाममा सुसाइड नोट लेखेरे मलेसियामा गरे एक नेपालीले आत्महत्या

सुनाखरी मगर

मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन् । सुनसरीको भरोलका सन्तोष राईले शनिबार आत्महत्या गरेका हुन् ।

मलेसियाको जोहरबारुस्थित सेनाइ मोर्नी एएसजे इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने सन्तोषले आफ्नै कोठामा आत्महत्या गरेका हुन् । एक वर्ष पहिले मलेसिया आएका सन्तोषले परिवारको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेको एउटै कम्पनीमा काम गर्ने दिलिप माझीले जानकारी दिनुभयो ।
 
सन्तोषको शव पोस्टमार्टमका लागि कुलाइ अस्पतालमा राखिएको छ । नाता प्रमाणीकरण पत्र आएपछि छिट्टै शव नेपाल पठाउने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । 
 
Published on: 18 March 2018 | Ujyaaloonline

Back to list

;