s

परिवार पत्ता नलाग्दा दुई महिनादेखि शव मलेसियामै

रामचन्द्र नेपाल

नेपालमा आफन्तहरु पत्ता नलागेपछि एक नेपालीको शव दुई महिनादेखि मलेसियामै रहेको छ । फेब्रुअरी २० तारिखका दिन मृत्यु भएका गोली ३ सोलुखुम्वुका जिग्मे लामाको शव मलेसियामै रहेको हो ।

हु चिन हाउँ कम्पनीमा कार्यरत लामाको आन्द्रामा खराबी भएर मृत्यु भएको पोसमार्टममा उल्लेख छ । शव सेलायाग अस्पतालमा राखिएको छ । नेपालमा परिवार पत्ता नलाग्दा शव नेपाल पठाउन समस्या भैरहेको मलेसियास्थित नेपाली दूतावास श्रोतले बतायो ।
 
साविकको गोली हाल लिखुपिखे गाउँपालिकाले पनि लामाको खोजी गरेको भएपनि पत्ता नलागेको अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए । लामा अल जराफा ह्युमन रिसोर्स प्रालिबाट साढे तीन वर्षअघि रोजगारीको लागि मलेसियामा आएका थिए ।
 
Published on: 29 April 2018 | Onlinekhabar

Back to list

;