s

परिचयपत्र नहुदा साउदीबाट नेपाली फर्कन पाएनन्

परिचय पत्र नबनाई काममा लगाइएका ६५ नेपाली कामदार साउदी अरबबाट फर्किन पाएका छैनन् ।

साउदीको रियादस्थित साउदी फ्युल (ईन्धन) कम्पनीले गैरकानुनी हैसियतमा ३ बर्षदेखि काममा लगाइरहेका उनीहरुको करार अबधी सकिए पनि परिचय पत्र नभएकाले स्वदेश फर्कन नपाएका हुन् । तीन महिनादेखि घर आउने पर्खाइमा रहेका उनीहरुले त्यति नै अवधिको तलब समेत पाएका छैनन् ।  उनीहरु काठमाडौंस्थित लक्की ओभरसिजमार्फत साउदी पुगेका थिए । कामदार र कम्पनीबीच भएको सम्झौता अनुसार गत जनवारीबाट करार अबधी सकिएको हो । घर नपठाएपछि ती कामदार एकमहिनादेखि काम छाडेर बसेका छन् ।

साउदीको श्रम कानुन अनुसार कानुन हैसियत बिना काम गर्ने कामदार जेल बसेपछि मात्रै स्वदेश फिर्न पाइन्छ । आक्कामा बनाएपछि आफुले कामदारप्रति पुर्ण जिम्मेवारी लिनुपर्ने हुनाले कम्पनीले परिचयपत्र नबनाइ काममा लगाएको उनीहरूले बताए ।
८ सय रियाल (१६ हजार रुपैया) को तलबमा लक्की ओभरसिजले फ्रि भिसा र फ्रि टिकट भएपनि कामदारस“ग १ लाख ६० हजार रुपैयासम्म असुल गरी त्यता पठाएको थियो । पीडितले यसबारे हालै साउदी पुगेका अर्थमन्त्री बर्षमान पुनलाई स्वदेश फिर्ने बाताबरण बनाइदिन अनुरोध गरेका थिए । साउदीस्थित दुताबासले पीडितलाई स्वदेश फिराउन आबश्यक प्रक्रिया शुरु गरेको जनाएको छ ।

Published on: 30 March 2012 | Kantipur 

Back to list

;