s

पानीट्यांकी नाकामा तीन सय नेपाली अलपत्र

पूर्वी नाका काँकडभित्ता भएर नेपाल प्रवेश गर्ने करिब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन्।

मन्त्रिपरिषद्को निर्णयानुसार आज(सोमबार) बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन्। तिनमा भारतका विभिन्न सहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन्।

त्यसैगरी नेपालका विभिन्न सहरबाट मजदूरी गरेर घर फर्कने करिब तीन सय भारतीय  काँकडभित्ता नाकामा अलपत्र परेका छन्। इलाका प्रहरी कार्यालय काँकडभित्ताका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभित्ता नाका निरीक्षणका लागि आउँदै छन्।

जिल्ला ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताए।

Published on: 23 March 2020 | Setopati

Link

Back to list

;