s

पाण्डे १० लाख धरौटीमा छुटे

मेनपावर व्यवसायीसँग १० लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बिहीबार धरौटीमा छुटेका छन् । 
 
विशेष अदालतले पाण्डेलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । नेपाल बंगलादेश बैंकमा धरौटी रकम जम्मा गरेपछि पाण्डेसँगै पक्राउ परेका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायबसुब्बा खड्क केसी साधारण तारेखमा रिहा भएका हुन् । 
 
कात्तिक २९ गते नयाँवानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा दुई कर्मचारी पठाएर रकम असुल गरिरहेको बेला पक्राउ परेका पाण्डेलाई विशेष अदालतका न्यायधीसद्वय बाबुराज रेग्मी र प्रमोदकुमार बैद्यको इजलासले रिहा गर्ने आदेश दिएको हो ।
 
Published on: 22 December 2017 | Nagarik

Back to list

;