s

पाँच राजदूत सिफारिस

सरकारले राजदूत र राष्ट्रसंघीय नियोग स्थायी प्रतिनिधि नियुक्त गर्न ५ जनाको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को सोमबारको बैठकले ती मुलुक र नियोगका राजदूत फिर्ता बोलाई नयाँ नियुक्तिका लागि सिफारिस गरेको बताए ।
 
परराष्ट्रका सहसचिवहरू गणेशप्रसाद ढकाललाई थाइल्यान्ड, भृगु ढुंगानालाई क्यानडा, दीपक अधिकारीलाई फ्रान्स र दुर्गाप्रसाद भण्डारीलाई कुवेतका लागि राजदूत सिफारिस गरिएको छ ।
 
यस्तै सहसचिव मणिप्रसाद भट्टराईको नाम जेनेभास्थित राष्ट्रसंघीय नियोगमा स्थायी प्रतिनिधि र स्विट्जरल्यान्डका लागि आवासीय राजदूतका लागि सिफारिस भएको छ । उनीहरूको नाम संसदीय सुनुवाइमा पठाइसकिएको छ ।
 
Published: 28 December 2018 | Kantipur

Back to list

;