s

पाँच महिला कामदार विमानस्थलबाट फिर्ता

वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ । 
 
कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । 'विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो' – उनले भने ।
 
‘वैभव’ नामक मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ । उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो ।
 
Published on: 23 June 2018 | Kantipur

Back to list

;