s

पैंसठ्ठी रोजगारदाता कम्पनी प्रतिबन्धित

सरकारले विभिन्न देशका ६५ रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन प्रतिबन्ध लगाएको छ । सम्झौता अनुसार तलब सेवा सुविधा नदिने कम्पनीमा नेपाली श्रमिक पठाउनका लागि सरकारले रोक लगाएको हो । 
 
वैदेशिक रोजगार विभागका अनुसार सम्झौता अनुसार तलब र अन्य सेवा सुविधा नदिनेमा मलेसियाका मात्र ५२ वटा रोजगारदाता छन् । यस्तै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) पाँच वटा कम्पनी रहेका छन् भने कतारका तीनवटा कम्पनीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको विभागले जनाएको छ । 
 
विभागका निर्देशक भोलानाथ गुरागाईंले नेपाली श्रमिकलाई सम्झौता अनुसार तलब नदिने, समयमा तलबलगायत सुविधा नदिएको, श्रमिकलाई अलपत्र पारेको र समस्याग्रस्त अवस्थामा रहेका भन्ने उजुरीका आधारमा ती कम्पनीमा नेपाली श्रमिक पठाउन रोक लगाइएको जानकारी दिनुभयो । 
 
ती रोजगारदाता कम्पनीका लागि माग नेपाली श्रमिकको माग अस्वीकृति हुने भएकाले ती कम्पनीको माग नल्याउन नेपालमा सञ्चालित वैदेशिक रोजगार कम्पनीलाई निर्देशन गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।
 
Published: 24 December 2018 | Gorkhapatra

Back to list

;