s

पहिरोमा पुरिएर एक मजदुरको मृत्यु

मनोज बडू

शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजार नजिक राति सुतिरहेको बेलामा घर माथि पहिरो खस्दा पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-२ का २२ वर्षीय नरेश भूल रहेको प्रहरीले जनाएको छ । 

बुधरबार पौने तीन बजेतिर गोकुलेश्वरकै मानबहादुर बिकको निर्माणाधीन पोल्ट्री फाम माथिबाट पहिरो खस्दा पुरिएर भूलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जानकारी दिएको छ । पोल्ट्री फममा मजदुरी गरी रातिसँगै सुतेका अन्य ४ जना समान्य घाइते भएका छन् । समान्य घाइते चारै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि घर फर्किसकेको प्रहरी जनाएको छ । पोष्टमार्टमका लागि मृतक भूलको शवलाई गोकुलेश्वर अस्पतालमा लगिएको इप्रका गोकुलेश्वरले जनाएको छ ।
 
Published on: 25 July 2018 | Kantipur

Back to list

;