s

पाँचौ चरणको उद्धार : कुन देशबाट कहिले हुनेछ उडान ?

३२ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका सिलसिलामा सोमबारबाट पाँचौ चरणको उद्धार सुरु हुँदैछ । अगष्ट ३१ तारीखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ ।

वायुसेवा कम्पनीहरुका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले यो बीचमा १७ उडान गर्दैछ । हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ । अन्य विदेशी एयरलाइन्सले ११ वटा उडानको अनुमति पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउन टर्कीस एयरलाइन्सले इस्तानबुलबाट अनुमति पाएको छ । यो बीचमा दक्षिण कोरियाबाट कोरियन एयरसमेत नेपाल आउने छ ।

सिल्क एयरले अष्टे्रलियाबाट नेपालीलाई काठमाडौं ल्याउने छ । यो बीचमा नेपाल एयरलाइन्स जापान पुगेर नेपालीलाई घर ल्याउने छ ।

सरकारले १५ भदौसम्म हुने उद्धार उडानको तयारी गरेको छ । १६ भदौबाट भने वयवसायिक उडान शुरु हुने मिति तोकिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले १६ भदौबाट आन्तरिक तथा बाहृय उडान हुने निर्णय भएको परिपत्र सबै वायुसेवा कम्पनीलाई गराइसकेको छ । सरकारले १ भदौबाट नै व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । 

तर, मुलुक भित्र संक्रमण बढेको निष्कर्ष निकाल्दै सरकारको व्यवसायिक उडान रोकेको हो ।

Published on: 16 August 2020 | Onlinekhabar

Link

Back to list

;