s

पाँच वर्षसम्ममा रोजगारीको लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य गरिने

सरकारले पाँच वर्षसम्ममा रोजगारी लागि विदेश जानु पर्ने अवस्था अन्त्य गर्ने अवस्थाको सृजना गर्ने  नीति तथा कार्यक्रम ल्याएको छ ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागु गरी  ५ वर्षसम्ममा स्वदेशमा नै रोजगारीको अवस्था सृजना गरी विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताइएको छ ।
 
पाँच वर्षभित्र ठूलो आर्थिक बृद्धि गरी मुलुकमै रोजगार सृजना  गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।  पारिश्रमिक, ज्यालामा हुने भेदभावको अन्त्य गरी समान ज्यालाको नीति समेत ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 
Published on: 22 May 2018 | Annapurna Post

Back to list

;