s

अनलाइनबाट मात्रै पढेर बस्ने विदेशी विद्यार्थीलाई अमेरिकाले भिसा नथप्ने

वासिंटन : अमेरिकामा अनलाइन मार्फत अध्ययनरत विदेशी विद्यार्थीहरुको भिसा आगामी सेप्टेम्बरदेखि रद्द हुने बताइएको छ ।

बीबीसीका अनुसार अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले अनलाइनबाट मात्रै अध्ययन गरेर अमेरिकामा बसिरहेका विदेशी विद्यार्थीहरुलाई देशनिकाला समेत गर्न सकिने जनाएको छ ।

अमेरिकामा कोरोनाभाइरस महामारीका कारण थुप्रै विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दैआएका छन् । अमेरिकाको नयाँ निर्णयबाट कति विद्यार्थी प्रभावित हुन्छन् भन्ने यकिन नभए पनि हजारौँको संख्यामा रहेका नेपाली विद्यार्थी प्रभावित हुन सक्नेछन् ।

बीबीसीको रिपोर्ट अनुसार २०१९ मा मात्रै १३ हजार भन्दा धेरै नेपाली विद्यार्थी अमेरिकामा छन् । जुन संख्या अमेरिकी अर्थतन्त्रको बलियो स्रोतमध्ये एक हो । तर आर्थिक स्रोतमा लाभकारी मानिने विद्यार्थीहरुलाई देशनिकाला गर्ने अमेरिकी निर्णयको आलोचना समेत भएको छ ।

Published on: 7 July 2020 | Annapurna Post

Link

Back to list

;