s

ओमनस्थित नेपाली दुतावासले थप ८ जना कामदारको उद्धार गरी स्वदेश पठायो

ओमनस्थित नेपाली दुतावासले थप ८ जना कामदारको उद्धार गरी स्वदेश पठाएको छ। ओमानको सोहरमा स्काफफोल्डरमा काम गर्न गएका ८ जना नेपालीलाई दुतावासले उद्धार गरेको हो ।
 
द्धारिका प्रसाद चौधरी ०९६८८५५३, रामु गिरी ०८८७९८३२, राज कुमार तामाड ०६६८९१८५, देव वहादुर विक ०५९८१२०७ , ज्ञान वहादुर थापा ०८७९१०३० विक्रम राइ ०५७५१४१२ , राजेन्द्र गिरी ०६५२२२१८ र तेजेन्द्र राना ०६६६३५३० को उद्धार गरिएको हो ।
 
उनीहरु अनेष्टि ओभरसिजबाट त्यहाँ गएका थिए। नेपाली कामदारहरूले करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट अलपत्र अवस्थामा रहेपछि उनीहरुको उद्धार गरिएको राजदुत शर्मिला पराजुलीले जानकारी दिइन् ।
 
समस्यामा परी दुःख पाएका नेपाली कामदारहरूलाइ नेपाली राजदूतावासको सकृय पहल र समन्वयमा यहाँको स्थानीय कानूनी अपचारिकता समेत पूरा गरी ८ जना नेपाली कामदारहरूलाइ सकुशल स्वदेश फिर्ता गरिएको उनले बताइन ।
 
त्यस्तै १० महिनाका अवधिमा ओमनबाट ६८ जना नेपाली कामदारको उद्धार गरिएको छ। ओमनको जेलमा अहिले २ जना नेपाली छन् । ६ जनाको १० महिनाको अवधिमा मृत्यु भएको छ भने ४ जना अस्पतालमा उपचारर्थ छन् ।
 
Published on: 22 March 2018 | Setopati

Back to list

;